तेबाङका किसानले सुन्तलाबाट मनग्य आम्दानी गर्दै

रोल्पा । परम्परागत रूपमा खाद्यान्न र रैथाने बालीको खेतीबाट जीविकोपार्जन गर्दै आएका तेबाङका किसानले पछिल्लो समय सुन्तला खेतीलाई विस्तार गरेर मनग्य आम्दानी गरेका छन् । तेबाङको खोरबाङ, सराङगेपोखरा, पुत्लाखेत, लगाएतका करिब ६० घरपरिवारले पछिल्लो समय सुन्तला खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

सुन्तला उत्पादनमा वृद्धि भएसँगै यस क्षेत्रका किसानको जीवन उकास्नमा समेत मद्दत पुगेको छ । सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै धेरै मानिसहरू स्वरोजगार बन्नुको साथै व्यावसायीक सुन्तला खेती गरी यसमै भविष्य खोज्ने प्रयत्न गरेका छन् ।

सुनिलस्मृति वडा नम्बर ७ तेबाङकी दुरिकला घर्तीले गहूँ मकै लगायतका रैथाने बाली बाट सोचेजस्तो उत्पादन नभएपछि १८ वर्ष पहिले रैथाने बालीको खेती गर्दै आएको बारीमा सुन्तलाको बिरुवा लगाइन । त्यतीबेला लगाएको सुन्तलाले अझैसम्म पनि उत्पादन भई रहेको उनले बताइन। दुरिकलाले सुन्तला खेतीमात्र होइन, नर्सरी बनाएर सन्तलाको बिरुवा समेत व्रिक्री गर्दै आएकी छन् ।

अहिले दुरिकलाको घरको मुख्य आयस्रोत नै सुन्तला बनेको छ । सुन्तला खेतीले गर्दा आफूले सन्ताललाई पढाउन, पालनपोषण गर्न पुगेको छ उनले भनिन्। यो बर्ष मात्र सुन्ताला विक्री गरेर ४ लाख आम्दानी भएको उनले बताइन। अझै बारीमा सुन्तला धेरै विक्री हुन बाकीँ नै छ, उनले भनिन् ।

तेबाङमा पछिल्लो समय सुन्तला उत्पादमा वृद्धि भएको पाइन्छ । यस क्षेत्रको सुन्तला बिक्रीको लागि नजिकमा रहेको बिक्री स्थलको रूपमा सुलिचौर बजार हो । भने यहाँ उत्पादित सुन्तला प्युठान, दाङ, बुटवल लगायतका जिल्लाहरूमा निर्यात हुने गर्दछ । यहाँको सुन्तला उत्पादन क्षेत्रलाई सुन्तला पकेट क्षेत्रको रुपमा समेत विस्तार गरिएको छ ।

सुन्तला उत्पादनमा वृद्धि भएपछि बजारको समस्याको कारण लामो समयसम्म बोटमै रहने गरेको अर्का कृषक रेग बहादुर घर्तिमगरले दुखेसो व्यक्त गरे । करिब २० वर्ष पहिले अन्यत्रबाट विरुवा खरिद गरेर सुन्तला खेती सुरु गरेको उनले बताए ।

२० वर्ष पहिले अन्यत्रबाट ल्याएको सुन्तलाले अझै राम्रो आम्दानी दिरहेको छ, पछि सुन्तलाले फलदिन थालेपछि यही नर्सरी राखेर थप बगैँचा बढाउने गरेको उनले बताए। बाझो बारिमा सुन्तला लगाएकाले अहिले बुढेसकालमा साहरा बनेको उनले बताए । गाउँमा पछिल्लो समय सुन्तला उत्पादनमा वृद्धि भएको छ, नयाँ पुस्ताले पनि यसलाई व्यवसायीकरण गर्दै छन् त्यसकारण सुन्तालाले सोचेजस्तो मूल्य पाउन सकेको छैन् उनले भने ।

तेबाङमा पहिलेदेखि नै सुन्तला खेती गर्दै आएको पाईन्छ । तर यसलाई व्यावसायिक रुपमा सुरु गर्न थालेको भने त्यति लामो समय भएको छैन् । सुन्तलाखेतीमा आबद्ध करिब ६० घरपरिवार मध्ये केहीले पछिल्लो समय व्यावसाय नै दर्ता गरेर खेती गर्न समेत सुरु गरेका छन् । भने कतिपय कृषकहरु पनि व्यवसाय दर्ता गरेर सुन्तला खेतीलाई थप व्यवस्थित गर्ने सोचमा छन् ।

सुनिलस्मृति गाउँपालिका ७ तेबाङकै अर्का किसान दुजराम रोकामगर व्यवसाय नै दर्ता गरेर सुन्तला खेतीमा रमाएका छन् । केही समय अघि विदेश जाने सोच बनाएर भिसा पनि लगाए भिसा पनि आयो तर एकाएक मलाई देशमै केही गर्नुपर्छ भन्ने लाग्यो र म पनि सुन्तला खेती गर्न थाले उनले भने। कक्षा १२ सम्म अध्ययन गरेको दुजराम विदेश जाने सोच त्यागेर उब्जनी हुने बारीमा सुन्तला खेती सुरु गरेका हुन । दुजरामले अहिले ७ रोपनि क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएका छन्। कृषि सहकारीमा आबद्ध भएकाले सुन्तला खेती गर्ने ठूलो सहयोग मिलेको उनले बताए।

कृषिमा आत्मनिर्भर बन्नका लागि एकद्वारा प्रणाली मार्फत कृषकहरूका लागि अनुदान लगाएत सम्पूर्ण कुराहरुमाम जोड्ने तयारी गरिरहेको वडा अध्यक्ष रेशम शर्माले बताए। जीविकोपार्जनको मुख्य आधार नै कृषि भएकालले समग्र कृषि क्षेत्रलाई जोड्ने खालको कानुन बनाएर गाउँपालिका अगाडी बढ्नु पर्ने उनले बताए । तेबाङको गाउँमा मात्रै अहिलेसम्म करिब ४० लाख बराबरको कारोबार भएको उनले बताए ।

सुन्तला उत्पादनले गर्दा तेबाङका धेरैको रोजीरोटी चलेको छ, वडा अध्यक्षले भने, यस क्षेत्रमा सुन्तला उत्पादनको अत्यन्त सम्भावना भएकोले यूवा विदेश जान छाडेर सुन्तलाखेती तर्फ लाग्न आग्रह गर्दछु, कृषकको उत्पादन सामाग्रीको बजारीकरणको जिम्मा स्थानीय सरकारले ल्याउछ ।‘

यहाँका अधिकांश कृषक कुनै तालिम र प्राविधिकको सहायता बिना नै सुन्तला खेतीमा आकर्षित छन् । यदी कृषकहरूलाई सम्बन्धित विषयमा तालिम र प्राविधिक ज्ञान भए खेती गर्नमा थप सहयोग पुग्ने देखिन्छ ।

कृषकलाई थप सहजताका लागि पछिल्लो समय व्यावसायिक खेती गरिरहेका किसानको लागि गाउँपालिकाले प्रत्येक वडामा कृषि प्राविधिक खटाएको सुनिलस्मृति गाउँपालिका कृषिशाखा प्रमुख डिल्ली केसीले बताएका छन्।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस