अनुहार र छालाको चमक बढाउने घरेलु ८ टिप्स

राम्रो बन्ने चाहना सबैको हुन्छ । त्यसका लागि धेरैले प्रयास गरिरहेका हुन्छन् । विशेष गरि राम्रो बन्नका लागि युवतीहरुले प्रयत्न गरिरहेका हुन्छन् । व्युटीपार्लर जाने र विभिन्न क्रिमहरुको प्रयोग गर्ने गरेका हुन्छन् तर त्यसले सही रुपमा अनुहारमा चमक नदिएको हुन सक्छ । त्यसका लागि केही घरेलु उपाय अपनाउ सकिन्छ ।

सुन्दर बन्न हामी बिभिन्न थरीका मेकअपको प्रयोग गर्दछौ । तर सधै सुन्दर र जवान देखिनका लागि स्वास्थ्य जीवनशैली आवश्यक हुन्छ ।

शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, कपालमा समेत देखिन्छ । आज हामी सुन्दर देखिने केही घरेलु टिप्स बारे चर्चा गर्नेछौः

१. पुदिनाको रसमा चन्दन, गुलाबजल मिलाएर मिश्रण बनाई अनुहारमा लगाएर १५ मिनेटसम्म राख्ने र त्यसपछि धोएमा यसले दाग हटेर अनुहारमा चमक आउँछ ।

२.सुन्तला र दहीको लेप वनाएर अनुहारमा प्रयोग गरे गोरोपन बढ्दछ ।

३. मह र चियाको पानीको मिश्रणलाई अनुहारमा प्रयोग गरे अनुहार चम्किलो हुन्छ ।

४. वेसार, वेसन र दुधको मिश्रण वनाएर अनुहारमा १० मिनेटसम्म लगाई आइस फेसियल गरेमा अनुहारको सुन्दरता बढ्दछ ।

५.काँचो दुधमा बेसन, केही थोपा कागतीको रस र थोरै बेसारको मिश्रण बनाई बनेको लेप शरीरको छालामा दलेमा छाला मुलायम र सुन्दर देखिन्छ ।

६. २ चम्चा सोयाविन आटा, एक ठूलो चम्चा दही र मह मिसाइ बनको मिश्रणलाई १५ मिनेट अनुहारमा लगाएर सफा गरेमा अनुहार सुन्दर देखिन्छ ।

७. पिसेको ताजा अमलामा दुध हालेर त्यसमा आधा चम्चा गुलाबजल राखेर अनुहारमा हल्का मालिस गरेमा अनुहारको मुलायम हुनुको साथै चमक समेत बढ्दछ ।

८. फेस प्याकलाई दही वा सुन्तला, टमाटर वा अन्य फलसँग मिलाएर अनुहारमा लगाएमा छाला नरम एवम् मुलायम हुन्छ ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस