रोल्पा । नेकपा एमालेका संसद् ईश्वरी घर्ती बसाइँसराइको अवस्थालाई गम्भीरताका रुपमा लिन सरकारलाई ध्यानाकर्षण गरेकी छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै संसद् घर्तीले भौतिक पूर्वाधार र विकासको अभाव, शिक्षा, स्वास्थ्य र बेरोजगारीले गर्दा पहाडी र हिमाली जिल्ला बसाइँसराई बढी रहेको बताउँदै आन्तरिक बसाइँसराई बढ्नु चिन्ताजनक अवस्था भएको बताइन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । उनले भनिन, आन्तरिक बसाइँसराईको चिन्ताजनक अवस्थालाई सरकारले गम्भिर रुपमा लिओस् । उन भनिन् एमालेले हालै सम्पन्न गरेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्रापछि प्रधानमन्त्रीलाई एमालेले गराएको ध्यानाकर्षणमा बसाइँसराईको कारण, राज्यको दायित्व र भूमिकाका बुँदाहरू समावेश गरेको बताएकी छन् ।
घर्तीले भनिन् एमालेले प्रधानमन्त्रीलाई गराएको ध्यानाकर्षण पत्रमा समेटिएका सुझावहरूलाई समेटेर आन्तरिक बसाइँसराइका कारण भइरहेको असरबारे सरकारले बृहत् रुपमा अध्ययन गरेर संविधानमै ग्यारेन्टी गरिएका मौलिक हक अन्तर्गतका सेवा सुविधाहरू समान र न्यायोचित तरिकाले बाँडफाँड गर्ने नीति बनाउन सभामुख मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गर्दछु ।