२५माघ, रोल्पा । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रोल्पाले १७ औँ जिल्ला सम्मेलन आगामी चैत १५ गते हुने भएको छ।

अनेरास्ववियु जिल्ला कमिटी रोल्पाको मंगलबार लिबाङमा सम्पन्न बैठकले चैत १५ गते जिल्ला सम्मेलन गर्ने निर्यण गरेको हो ।

बैठकले प्रकाश बुढाको संयोजकत्वमा ४९ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि गठन गर्दै सम्मेलन तयारीमा जुटेको हो।

बैठकले फागुन मसान्तसम्म रोल्पाका १० वटै पालिका र सबै विद्यालयहरुमा अनेरास्ववियुको कमिटिहरु गठन गर्नका लागि ईन्चार्जहरु समेत तोकेको छ।

रुन्टीगढी गाउँपालिकामा केशर बहादुर रावत ईन्चार्ज, डिल्ली परियार सह–ईन्चार्ज, त्रिवेणिमा गाउँपालिकामा झलक मगर ईन्चार्ज, चिरञ्जीवी वलिसह–ईन्चार्ज, माडिमा ईन्चार्ज सुर्य वि.क, सह—ईन्चार्ज सीता खड्का, गंगादेवमा ईन्चार्ज लेखनाथ वलि, सह—ईन्चार्ज खुमराज वलि, परिवर्तनमा ईन्चार्ज ताराप्रसाद खड्का, सह—ईन्चार्ज कुमार घर्ती, थबाङमा ईन्चार्ज दिपक डाँगी, सुनछहरीमा ईन्चार्ज शेरबहादुर घर्ती, सह—ईन्चार्ज हस्तवीर, लुंग्रीमा ईन्चार्ज माधब रोका, सह–ईन्चार्ज जुक्मति बस्नेत, सुनिलस्मृतिमा ईन्चार्ज सुरेन्द्रसिङ पुन, रोल्पा नगरपालिकामा ईन्चार्ज सुनिल ढुंगाना, सह–ईन्चार्ज डिल्ली परियारलाई जिम्मेवारी तोकेको छ।

बैठकले अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रोल्पा ईन्चार्ज सन्तोष बाँठालाई थबाङ, परिवर्तन र सुनिलस्मृति गाउँपालिका, केन्द्रीय सदस्य तथा सम्मेलन आयोजक कमिटिका संयोजक प्रकाश बुढालाई त्रिबेणि, गंगादेव र माडि, केन्द्रीय सदस्य तथा रोल्पा सह–ईन्चार्ज भीमा डिसिलाई रुन्टिगढि र लुंग्रीमा केन्द्रीय सदस्य तथा रोल्पा सह–ईन्चार्ज कल्पित मगरलाई रोल्पा नगरपालिका र सुनछहरि गाउँपालिकामा आययोजना हुने कार्यक्रममा सहभागी गराउने निर्णय गरेको जनाएको छ।

प्रकाश बुढाको अध्यक्षता तथा नेकपा एमालेकि केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह–ईन्चार्ज ईश्वरी जिएमको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य अमृत बुढा, एमाले जिल्ला सदस्य तथा विद्यार्थी ईन्चार्ज हुमबहादुर बाँठा, अनेरास्ववियुका केन्द्रीय सदस्यद्वय सन्तोष बाँठा, कल्पित मगर, प्रेस चौतारि रोल्पाका अध्यक्ष तिलक जि. एम. लगायतको उपस्थिति रहेको थियो।

लिबाङ स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकको सञ्चालन दिपक डाँगिले गरेका थिए ।