कोरोना बीमा दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनीले दियो एक अर्ब रुपियाँ

५फागुन,काठमाडौँ । कोरोना बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपियाँ दिएको छ । यसअघि ३० करोड रुपियाँ दिइसकेको कम्पनीले ७० करोड रुपियाँ पनि दिएपछि आफ्नो भागको रकम पूरा गरेको हो ।

पुनर्बीमा कम्पनीले पुलमा एक अर्ब रुपियाँ दिने भनिएको थियो । कोरोना बीमाका लागि बनाइएको पुलमा पुनर्बीमा कम्पनीले आफ्नो भागको रकम दिएको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए ।

पुलमा हाल्नुपर्ने रकम पनि हाल्ने तयारी थालेको बीमा समितिले पनि एक अर्ब रुपियाँ पुलमा हाल्न लागेको छ । कोरोना बीमा पोलिसी ल्याउँदा बीमा शुल्कबाट प्राप्त भएको रकमबाट पहिला दाबी भुक्तानी गर्ने भनिएको छ । समितिका अनुसार अहिलेसम्म बीमा शुल्कबाट करिब एक अर्ब रुपियाँ उठेको छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले आफ्नो महाविपत्ति कोषमा रहेको रकमबाट दाबी भुक्तानी गर्ने भनिएको य‚तो रकम पनि करिब एक अर्ब रुपियाँ हुने भनिएको छ ।

एक अर्ब रुपियाँको दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनी र त्यसपछिको एक अर्ब रुपियाँको दाबी भुक्तानीका लागि बीमा समितिले रकम प्रदान गरेपछि त्योभन्दा माथिको दाबी भुक्तानी परेमा नेपाल सरकारले दायित्व बहन गर्ने बताइएको छ

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस