सुनको मुल्यमा भारी गिरावट

५फागुन, काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ ।

आज (बुधबार) सुनको मुल्य तोलामा रु ११ सय रुपैयाँले घटेको हो । हिजो (मंगलबार) प्रति तोला रु ९० हजार ९ सय रुपौयाँमा कारोबार भईरहेको सुनको मुल्य आज तोलामा रु ११ सय रुपैयाँले घटेर छापावाला सुनको मुल्य प्रति तोला रु ८९ हजार ८ सय र तोजावी सुनको मुल्य प्रति तोला रु ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १३४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस