नेकपा प्रचण्ड-माधव समूहद्वारा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ

६फागुन,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चालेको कदमविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ ।

प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि विरोध सभा तथा आमहड्तालसहित तीन चरणको आन्दोलन गरिसकेको चौथो चरणको आन्दोलनअन्तर्गत मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको हो ।

गएको पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–माधव समूह आन्दोलित छ ।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस