काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
बिहीबार भने १ लाख १८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ४०० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार