अदालतको फैसला पालना गर्नु हाम्रो दायित्व हो : अर्थमन्त्री पौडेल

फाइल फाेटाे

११फागुन, काठमाडौँ। प्रधानमन्त्री केपी ओली समूहका नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले सर्वोच्च अदालतले गरेको निर्णयलाई सम्मान र पालना गर्ने बताएका छन् ।

अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयपछि छोटो प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरी चाँडै निष्कर्षमा पुग्ने पनि बताए ।

पौडेलले संविधानले सर्वोच्च अदालतलाई संविधानको अन्तिम व्याख्याता मानेको हुनाले अदालतबाट आउने निर्णयलाई पालना गर्नुपर्ने दायित्व आफूहरूसँग रहेको बताएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस