
११ फागुन, रोल्पा । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले व्यक्ति हत्या र हिंसाको आधारमा माओवादीले गरेको क्रान्ति ‘जनयुद्ध’ नभई धनयुद्ध भएको बताएका छन्।
नेपाली काँग्रेस रोल्पाको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न रोल्पा आउनु भएका नेता थापाले माओवादीले रोल्पा रुकुमबाट सुरु गरेको हतियारको राजनीतिलाई जनयुद्ध नभई धनयुद्ध र व्यक्ति हत्याको राजनीति भएको बताए।
हतियारको राजनीति कांग्रेसले पनि गरेको भएपनि माओवादीले जस्तो सर्वसाधारण नगरिकको हत्या नगरेको महामन्त्री थापाको भनाई रहेको छ ।
महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्ड धेरै चकचक गरेकै कारण कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको दाबी गरे। २०८४ साल अघि कांग्रेसले कुनै उपद्रो नगर्ने र प्रधानमन्त्री केपी ओलीले सहमति कायम गर्ने बताए ।‘
नेता थापाले अहिले बढेको निराशालाई सावाधान गर्न उच्चस्तरीय छानविन आयोग बनाएर अगाडी बढ्नु पर्ने बताएका छन् ।