
फाईल फोटो
१२फागुन,काठमाडौं ।अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज् कर्पोरेसन (एमसीसी) सम्झौताबारे आज देखि प्रतिनिधिसभामा छलफल प्रारम्भ हुने भएको छ।
आज दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। परामर्श समितिको बैठकले यस विषयलाई अन्तिम रूप दिनेछ।
प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार