फाईल फोटो
१५फागुन, काठमाडौँ । एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
आइतबार बेलुकी संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएपछि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
केहीबेरमा प्रतिनिधिसभाको बैठक बस्ने छ। उक्त बैठकमा एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुने तयारी छ।
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार


