प्रविधियुक्त शिक्षामा जोड दिनुपर्छ :  महरा 

१६ फागुन, रोल्पा ।  लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महराले प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।  

रोल्पाको रुन्टीगढी ४ मसिना स्थित सूर्योदय माविको ६५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै महराले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने शिक्षकहरू प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताए । 

उनले भने, किताबी ज्ञानले मात्र पुग्दैन । अबको पढाइ प्रविधियुक्त हुनुपर्छ।  प्रविधि उक्त पढाइ सुरु गर्न प्रत्येक शिक्षकको हातमा एकएक वटा ल्यापटप बोक्नु पर्ने बताए । 

पूर्व मुख्यमन्त्री महराले बालबालिकालाई काममा भन्दा पढाइमा ध्यान दिनुपर्ने वातावरण तयार गर्न अभिभावकलाई सुझाव दिए।  नयाँ नयाँ खोज अनुसन्धानका लागि अभिभावकले आफ्ना बालबालिकालाई सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस