वार्ता समिति गठन सकारात्मक : कांग्रेस

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसले  सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत समस्या समाधान गर्नका लागि छुट्टाछुट्टै वार्ता समिति गठन गर्नुलाई सकारात्मक भनेको छ ।

सबै समस्याको समाधान वार्ता, सम्वादबाट गर्नु पर्ने मान्यतामा कांग्रेस दृढ रहेको भन्दै दुवै पक्षलाई इमान्दारपूर्वक वार्ताबाट समाधानमा पुग्न उसले आग्रह समेत गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’

हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस