बालुवाटारमा दाहाल, ओली र लामिछानेसहितका नेता छलफलमा

काठमाडौं । बालुवाटारमा तीन दलको बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरू भएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन्।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस