सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि स्थिर छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस