२१ फागुन, रोल्पा । नेकपा (एमाले) रोल्पाको अध्यक्षमा बालाराम बुढा निर्विरोध निर्वाचित भएका छन् ।
त्रिवेणी गाउँपालिकाको नुवागाउँमा फागुन १९ गतेदेखि २१ गते बिहान सम्पन्न छैठौं जिल्ला अधिवेशनले बुढालाई सर्वसम्मत चयन गरेको हो ।
जिल्ला कमिटी उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उप-सचिवमा दिपक विष्ट र ठाकुर वलीसहित ८४ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।अधिवेशनमा ४सय प्रतिनिधि सहभागी भएका थिए ।
एमाले रोल्पा जिल्ला सचिव निमप्रसाद रोकाको ह्दयाघातका कारण निधन भए पछि गत पुस २३ गते हुने भनिएको अधिवेशन स्थगित भएको थियोे ।
प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार


