देवीस्थान युवा क्लबको निर्णय : ‘आवास विहिनको आवास कार्यक्रम’ सञ्चालन गर्ने

फाइल फाेटाे

२२फागुन, रोल्पा । देवीस्थान युवा क्लब सुनिलस्मृति–३ मिझिङले ‘आवास विहिनको आवास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

शनिबार क्लबका अध्यक्ष दीपेश विष्टको अध्यक्षमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

घरवार विहिन तथा गरिव परिवारलाई घर निमार्ण गरिदिने उद्धेश्यले उक्त कार्याक्रम सञ्चालन गरिने क्लबका महासचिव प्रतिभा सुनार बताइन् ।

पहिलो चरणमा क्लबले सुनिलस्मृति–३ मिझिङका गरिव तथा आवास विहिन घनश्याम सुनारको घर निर्माण गरिदिने भएको छ ।

क्लबले आफ्नो स्थापना कालदेखि गरिव तथा विपन्न विद्यार्थीहरुलाई कक्षा १२ सम्म पढाउँनुका साथै सामाजिक कार्यहरु गर्दै आएको छ ।

याे पनि पढ्नुहाेस् :

देवीस्थान युवा क्लबको अध्यक्षमा पुनः विष्ट

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस