परराष्ट्रमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण

तस्बिरः रासस

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पद बहाली गरेका छन् ।

बुधबार साँझ शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै उनी पद बहाली गर्न पुगेका हुन् ।

उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठ यसअघि गृहमन्त्री थिए ।

नयाँ सत्ता समीकरणसँगै उनको परराष्ट्रको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस