हाम्रो सभ्यता र संस्कृति राजावादीहरूले ध्वस्त पार्न खोजेः ओली

फाइनल फोटो

२६फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाले लामो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त पार्न खोजेको बताएका छन्।

सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १६औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पूर्वराजा शाहले सभ्यता संस्कृति ध्वस्त पार्न खोजेको भन्दै कदापी त्यो पूरा हुन नदिने बताएका हुन्। साथै राजनीति गर्न मन छ भने राजनीतिमा आउनको लागि समेत सुझाए।

‘हिजो देख्नुभयो नारा देख्नुभयो, फोटा देख्नुभयो। सिङ्गो समाजलाई नै अशोभनिय बनाउने प्रयास भइराखेका छन्। त्यो त केपी ओलीले गरेको भन्छन्। मेरा विरुद्ध तथानाम अश्लिल नारा लगाइराखेका थिए। त्यो पनि मैले नै लगाएको हो किरु संविधान व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने प्रणाली नमान्ने, आजको जमानामा जनता रैति भएर बस्दिन पर्ने कस्तो हुकुम प्रमाणीयको झल्को आएकोरु संविधान नमान्ने अरे।’ उनले भने, ‘राजनीति गर्न मन छ भने आउनुहोस्। तर संविधान, कानुन नमान्ने जहिले पनि यो देशलाई अस्थिरतामा नै लैजानेरु हाम्रो पुर्खाले यत्रो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त गर्नेरु त्यस्ता कुरा हुन दिदैनौं रोक्नुपर्छ हामीले।’

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस