एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशन आजदेखि

रोल्पा । नेकपा (एमाले) रोल्पाको सातौँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ। लिबाङमा आयोजना हुने सातौँ जिल्ला अधिवेशनको पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनका लागि पार्टीले जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि छनोट गरेको छ । अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष बाँठाले जानकारी दिए ।

अधिवेशनका लागि एमाले उपमहासचिव ज्ञवाली, पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्याल, एमाले निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलसहितका नेताहरू रोल्पा आएका छन् ।

अध्यक्ष पदका लागि हालका जिल्ला सचिवन अमृत बुढामगर, एमाले गंगादेव गाउँपालिका अध्यक्ष रोशनकुमार वली, एमाले लुम्बिनी प्रदेश कमिटीका पूर्व प्रदेशसदस्य घनश्याम आचार्य र अखिल नेपाल शिक्षक संगठनका पूर्व अध्यक्ष लिला आचार्यले दाबी गरेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस