वर्तमान सत्ता गठबन्धन विदेशीको इशारामा बनेको होइन : अर्याल

रोल्पा । नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्माकुमारी अर्यालले वर्तमान सत्ता गठबन्धन कसैले नबनेको बताएकी छन् ।

एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई लिबाङमा सम्बोधन गर्दै सचिव अर्यालले अहिलेको गठबन्धन देश भित्रका राष्ट्रिय शक्तिले बनाएको गठबन्धन भएको दावी गरिन ।

विगतमा बनेको कांग्रेस–माओवादी गठबन्धनले मुलुक चौपट बनाएकोले नयाँ गठबन्धन बनाउनु परेको उनले बताइन। उनले देशको संवृद्धिका लागि एमाले र माओवादीको गठबन्धन बनेको दाबी गरिन।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस