नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति कार्यालय आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस