रोल्पा । नेकपा (एमाले) सांसद ईश्वरी घर्तीले रोल्पामा रहेका सुनखानी उत्खनन् प्रक्रिया तत्कालन अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद घर्तीले सुनछहरीको गाम र फगाम खोला रहेका सुनखानीलाई तत्काल सरकारले उत्खनन्को प्रक्रिया अगाडि बढाउनुपर्ने बताएकी छन् ।
उनले भनिन्, ‘‘मलाई धेरै मान्छेले सोध्नुहुन्छ! रोल्पामा सुन खानी छ, रे हो ? मैले भन्ने गरेकी छु, हो, रोल्पामा सुन छ । दुईवटा सुन खानी दर्ता भएका छन् ।”
सरकारले सुन उत्खन्न नगर्दा खानीहरु अलपत्र छ । रोल्पालीहरु पहिले खोलामा सुन चालेर प्रयोग गर्थे सरकारले सुनखानीलाई तत्काल उत्खननको प्रक्रिया अघि बढाई बाहिरबाट अबैध रुपमा भित्रीने सुन आयत रोक्नुपर्ने उनले बताइन् ।
उनले करिब २ सय मिटर उचाईको सुनछहरी झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्क भौतिक संरचना निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले झरनामा आन्तिरिक र बाह्य पर्यटक भित्र्याउन सुनछहरी, स्यूरी, पोबाङ र हार्जङलाई जोड्ने पुल निर्माण गर्न पनि सरकारसँग माग गरेकी छन् ।