युवकप्रति आकर्षित भएकी युवतीले यसो गर्छिन् !

यदी कुनै केटाले कोही केटीलाई मन पराउने गर्छ भने उनीहरूले आफ्नो हाउभाउले नै प्रकट गरिरहेका हुन्छन् कि आफूलाई त्यस केटि मन पर्छ भनेर l

जसका लागि उनीहरूले विभिन्न क्रियाकलाप गर्ने गर्छन् l जस्तै कि : केटीलाई एकोहोरो हेरिरहने, आँखा झिम्काउने, जिब्रो पड्काउने तथा कसैले त ‘आइ लभ यु’ नै भन्ने गर्छन् l

तर जब एउटा केटी मान्छेलाई कुनै केटा मनपर्छ तब उनीहरूले चाही कसरी प्रकट गर्छन् त आफूलाई त्यस केटा मनपर्छ भनेर? त्यसैले आउनुहोस् चर्चा गरौँ केटिले आफूले मन पराउने केटाप्रति गर्ने क्रियाकलापबारे:

जब कुनै युवती युवकप्रति आकर्षित हुन्छिन् तब त्यस युवकको सामु बोल्नु परेमा उनको बोली हराउने वा अनुहार रातो हुने गर्छ l जसले गर्दा थाहा हुन्छ कि उनी त्यस युवकलाई प्रेम गर्छिन् l

यदि केटी मान्छे कुनै केटा मान्छेलाई आफ्नो साथीहरूको पछाडीबाट लुकीछुपी हेर्ने गर्छ भने थाहा पाउनुहोस् l कि त्यस युवती पक्कै पनि प्रेममा फसेकी छन् l जसले आफूलाई मनपर्ने केटालाई हमेशा लुकिलुकी हेर्ने गर्छिन् l

कुनै युवकलाई देखेर युवती मुस्कुराउने गर्छिन् भने तब थाहा पाउनुहोस् कि उनी युवकप्रति विशेष रुपमा आकर्षित छन्l किनकी अक्सर युवतीहरू आफ्नो मुस्कानलाई नै हतियार बनाउने गर्छन् l

यदि कुनै युवती तपाइको प्रत्येक गतिविधि याद राख्दछ भने बुझ्नुहोस् कि उनी तपाइप्रति आकर्षित छन् । र तपाईँलाई साच्चिकै मनबाट नै प्रेम गर्छिन् l किनकि युवतीहरू हत्तपत्त कुनै केटालाई नोटीस गर्ने गर्दिनन्।

यदी युवती कुनै युवकको प्रेममा पर्छिन् तब उनी कहिल्यै पनि आफूले मन पराएको युवकको सामु सिधा नजरले हेर्न सक्दिनन् l त्यसैले आफूले मन पराएको युवक आफ्नो सामु आएमा युवतीहरूले कर्के नजरले हेर्न थाल्छन् l

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस