फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ५०० ले बढेर प्रतितोला रु ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार २०० कायम गरिएको छ । आज, चाँदी तोलामा रु २० ले बढेर प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिंजो विहिबार सुनको मूल्य तोलामा रु ७५ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य हिंजो रु ७४ हजार ७०० कायम गरिएको थियो । यस्तै हिंजो चाँदी प्रतितोला ६८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस