रोल्पा । सरकारले कोरोना भाइरसबाट पूर्वसतर्कता अपनाउन भन्दै भोलिदेखि एक जिल्लाट अर्काे जिल्लमा सवारी साधन चलाउन नपाइने व्यवस्था गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै चैत्र १० देखि लामो दूरीका सवारी नचलाउन आह्वान गरेका थिए ।
प्रधानमन्त्रीको आह्वानअनुसार यातायात व्यवस्था विभागले उपत्यकाबाहेकका जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान नपाउने व्यवस्था गरेको हो ।सरकारको यो निर्णय सँगै अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान पाइने छैन ।
प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार