काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण गरिएको छ। चालक दलका सदस्यसहित १८ जना बोकेको जहाजको इन्जिनमा खराबी आएपछि रामेछापमा आकस्मिक अवतरण गर्नुपरेको रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिए । जहाज बिहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो। समिटको ‘९ एन एएमजी’ कल साइनको विमान आकस्मिक अवतरण गर्नु परेको थियो। यात्रुलाई तारा एयरले लुक्ला लगिसकेको छ।
प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार