
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतको महाराष्ट्र प्रदेशमा अखबारहरु छापिएका छैनन् । हालसम्म ७४ जना संक्रमित भेटिएका महाराष्ट्र प्रदेशमा सरकारले थप संक्रमण फैलिन नदिन गरेको लकडाउनका कारण यातायात प्रभावित बनेपछि त्यहाँका अखबारहरु नछापिएको बताइएको छ।
केन्द्रीय सरकारले गरेको जनता कार्फ्युका कारण पनि महराष्ट्रका मुख्य सहरहरु प्रभावित बनेका छन्। तर मुख्य प्रिन्ट मिडियाहरुले त्यसको इपेपर भने अनलाइनमा उपलब्ध गराएका छन्।
प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार