प्रदेश १ को आर्थिक मन्त्रीमा आङबुहाङ

१३चैत्र,काठमाडाैँ ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन्।

सर्वोच्च अदालतको फैसला पछि पार्टी एमाले र माओवादी ब्युँतिएपछि राईविरुद्ध परेको अविश्वास प्रस्ताव अगाडि नबड्ने भएपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङबुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएकाे छ।

सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन्। यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझा भएका छन्। नवनियुक्त मन्त्रीहरुले दिउँसो १ बजे शपथ खाएका छन्।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस