संसदीय दलको बैठकबाट बाहिरिए झलनाथ खनाल

१३चैत्र,काठमाडाैँ ।  नेकपा एमालेको संसदीय दलको बैठकबाट नेता झलनाथ खनाल बाहिरिएका छन्।

प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकबाट नेपाल समूहका नेता खनाल बाहिरिएका हुन्।

अदालतको निर्णय अनुसार जेठ २ गतेमा फर्किनु पर्ने, पार्टी बैठक पार्टीको बिधान अनुसार हुनुपर्ने, बीचमा गरेका निर्णय खारेज गर्न अनुरोध गरेर झलनाथ खनाल बैठकबाट बाहिरिएको संसद जीवन राम श्रेष्ठले बताए।

उनका अनुसार बैठक सुरु हुने बित्तिकै समय मागेर ओलीलाई अनुरोध गरेर निस्किएका हुन्।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस