उठेर होइन, बसेर पानी पिउने गरौँ !

पानी शरीरका लागि धेरै महत्त्वपूर्ण छ। तिर्खा मेट्नका निम्ति पानीभन्दा राम्रो कुनै विकल्प छैन।

पानी पिउनु प्रायः सबै रोगहरूका लागि उपचार पनि मानिन्छ। यसले हाम्रो शरीरमा उपस्थित फोहोरलाई निष्कासन गर्न तथा दिनभरि शरीरलाई ताजा राख्न पनि मद्दत गर्छ।

स्वास्थ्य रहनका लागि दिनभर कम्तीमा ८ देखि १० गिलास पानी पिउन सल्लाह दिइन्छ। तर, पानी कसरी पिउने भनेर पनि जान्नु महत्त्वपूर्ण हुन्छ।

धेरै मानिसलाई उभिएर पानी पिउने बानी हुन्छ। तर, यसरी उभिएर पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक नहुने बताइन्छ।

उभिएर पानी पिउनाले धेरै रोगलाई निम्त्याइरहेको हुन्छ। यस्तो अवस्थामा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसरी उभिएर पानी पिउनाले विशेष गरी कलेजो र मृगौला बढी प्रभावित भएका हुन्छन्।

उभिएर पानी पिउनाले शरीरलाई चाहिने आवश्यक पोषण प्राप्त हँुदैन । साथै, उभिएर पानी पिउँदा पेट भरिए पनि प्यास मेटिँदैन पानी पिउँदा खाना र वायु नलीमा अक्सिजनको आपूर्ति रोकिन्छ। जसले फोक्सोलाई मात्र नभएर हृदयलाई पनि असर गर्छ।

यसबाहेक, उभिएर पानी पिउँदा पानीको अत्यधिक मात्राका कारण, तल्लो पेटको भित्तामा दबाब पर्छ र पेटको वरिपरि रहेका अङ्गहरूमा क्षति पुग्न सक्छ।

यस बानीका कारण धेरै व्यक्ति हर्नियाबाट ग्रस्त हुने गर्छन्। उभिएर पानी पिउनु तनाव बढ्नुको एक अर्को कारण हुनसक्छ। उभिएर पानी पिउने गर्दा यसले सीधा स्नायु प्रणालीमा असर गर्छ। त्यस्तै, उभिएर पानी पिउँदा घुँडामा पीडा हुनेगर्छ। यस बानीले घुँडामा दबाब दिने हुँदा यसले बाथको समस्या निम्त्याउन सक्छ।

पानीको प्रवाह छिटो शरीरमा जोर्नीहरूमा सङ्कलन हुन्छ, जसले हड्डी र जोर्नीलाई जोखिममा पार्न सक्छ। हड्डीमा तरलताको अभावका कारण हड्डी कमजोर हुन थाल्छ।

उभिएर पानी पिउँदा पानी फिल्टर नभई पेटको तल्लो भागतर्फ छिटो जाने हुन्छ। पानीमा भएको अशुद्धता पित्ताशयमा बस्न जाँदा यसरी पानी पिउनु किड्नीका लागि पनि हानिकारक हुन्छ। त्यसैले उभिएर पानी पिउनुभन्दा बसेरै पानी पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस