शौचालय गएपछि हात धुनु जरूरी !

सामान्यता शौचालय गएर निस्केपछि हात धुने चलन छ। जुन सामान्य कुरा हो।तर कसेको बानी हुन्छ, कि शौचालयबाट निस्केर पनि हात नधुने। जसकारण विभिन्न समस्या उत्पन्न हुन सक्दछ।

शौचालय ब्याक्टेरिया, भाइरसलगायतका रोगजनकका लागि प्रजनन गर्ने ठाउँ हुन्।

शौचालय गएर हात नधोई निस्केको मानिसको हातमा कीटाणु हुन्छ जुन शरीरभित्र सजिलै पस्न सक्छ।

हरेक पटक शौचालय गएर निस्केको मानिसले हात नधोएमा सामान्य पेटको दुखाइ बढ्न सक्छ।

स्वस्थ रहनका लागि खानुभन्दा अगाडि मात्र हात धुनु पर्याप्त हुँदैन। किनभने जब मानिस शौचालय गएर निस्केपछि हात नधोई विभिन्न सतह, मोबाइल, पानीको बोतललगायतका सामान छुँदा ती चिजहरूमा कीटाणु स्थानान्तरण हुन्छ।

प्रत्येक चोटी यी सामान छुँदा त्यहाँ भएको हानिकारक ब्याक्टेरिया र भाइरस पुनः हातमा फैलिने गर्छन् ।

मानिसको छाला संवेदनशील हुन्छ। हात नधोई जब हानिकारक ब्याक्टेरिया, भाइरसले भरिएका हातले छालालाई छुँदा छालामा समस्या हुने वा सङ्क्रमण हुने जोखिम हुन्छ।

शौचालय गएर निस्केको मानिसले हात नधोई छाला तथा अनुहार छोएमा यसले छालामा ¥यासेज, पिम्पल्स र छाला पोल्नेलगायतका समस्या निम्त्याउन सक्छ। त्यसैले हात धुनु जरूरी छ।

यदि शौचालय गएर साबुनपानीले हात धुने हो भने मौसमी रुघाखोकीलगायत श्वासप्रश्वासबाट सर्ने रोगको जोखिम बच्न सकिन्छ।

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस