१९ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी सरकारले काम गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले मिटरब्याजलाई आर्थिक कसुर मानेर कारबाहीका लागि कानुन संशोधन गर्ने र मिटरब्याज पीडितको समस्या स्थायी रुपमा समाधान गर्ने अधिकारसहित जाँचबुझ आयोग गठन गरिएको बताए ।
प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार