शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं रोकिएकाहरुलाई  शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।
११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङका अनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउँदैछ । तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस