
काठमाडौं । नेकपा (मसाल) ले नेपाल–भारत सीममा अलपत्र परेर बसेका नेपालीको तत्काल उद्दार गर्न सरकारको ध्यानकर्षण गराएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ति जारी गरी सीमामा अलपत्र परेकाहरुको तत्काल उद्दार गरी स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राख्न सरकारसँग आग्रह गरेका हुन् ।
सिंहले भारतीय सीमामा आएकार बसेका नेपालीहरुको समस्या गम्भीर मानवीय प्रश्न भएको बताउँदै उनीहरुलाई उद्दार गरेर ल्याउन राजनीतिक पार्टी र संघसंस्था लगायतको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार