डेढ महिनादेखि हराइरहेका युवकको शव फेला

प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिका—७ भिग्रीका करिब ३५ वर्षीय थमुराम कालाथोकी आज मृतावस्थामा फेला परेका छन् ।
स्वर्गद्वारीको जंगलमा वेबारिसे अवस्थामा कालाथोकीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।
झन्डै डेढ महिनाअघिदेखि हराइरहेका उनी आज मृतावस्थामा फेला परेको उहाँको भनाइ छ । कालाथोकीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने उनले बताए ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस