गर्मी मौसममा खानुहोस्, यी फल !

गर्मीको मौसम सुरू भइसकेको छ। गर्मीमा पसिना धेरै बग्ने तथा थकान बढी हुने हुँदा शरीरलाई हाइड्रेट, स्वस्थ र फिट राख्नका लागि खानपानमा केही परिवर्तन गर्नुपर्ने हुन्छ।

गर्मीमा शरीरलाई पौष्टिक प्रदान गर्न र हाइड्रेटेड राख्न धेरै मौसमी फल र तरकारीहरू प्रशस्त पाइन्छ। पानी पिउनुबाहेक पानीले भरिएका सब्जीको सेवनले गर्मी महिनामा शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ।

गर्मी महिनाको समयमा यी चिजको सेवनले शरीरमा पानीको मात्राको आपूर्ति गरी डिहाइड्रेसनबाट बचाउन मद्दत गर्छ।

आँप

पोषक तत्वहरूले भरिएको आँप गर्मीमा पाइने र सबैलाई मनपर्ने फल हो। भिटामिन ए, सी, सोडियम, फाइबर र २० भन्दा बढी खनिजहरूले समृद्ध आँपको सेवनले प्रतिरोध क्षमता बढाउन मद्दत गर्नुका साथै मोटोपना, हृदयरोग र मधुमेहलाई नियन्त्रण गर्न मद्दत गर्छ।

सुन्तला 

सुन्तलामा प्रशस्त मात्रामा पोटासियम पाइन्छ जुन गर्मीमा स्वस्थ राख्नका लागि महत्वपूर्ण हुन्छ। अत्यधिक गर्मीले पसिनाको माध्यमबाट पोटासियम निस्कासन गराउन सक्छ जसले मांसपेशीहरूमा दुखाइ ल्याउन सक्छ। सुन्तलाको सेवनले शरीरमा पोटासियमको मात्रा पुनः पूर्ति गर्न र हाइड्रेट राख्न मद्दत गर्छ।

खरबुजा

खरबुजा ९२ प्रतिशत पानीले बनेको हुँदा गर्मीमा पाइने सबैभन्दा धेरै हाइड्रेटिङ फलमध्ये एक हो। फाइबर, भिटामिन सी, भिटामिन ए, म्याग्नेसियम, पोटासियम र लाइकोपाइन नामक एन्टिअक्सिडन्टले भरिएको खरबुजाको सेवनले डिहाइड्रेसनबाट मात्र नभई क्यान्सर र स्ट्रोकको जोखिमबाट पनि बचाउन सक्छ।

काँक्रा

काँक्रामा प्राकृतिक शितलता प्रदान गर्ने तत्व हुन्छ। ९५ प्रतिशत पानीले भरिएको काँक्रामा न्युन मात्रामा क्यालरी हुन्छ। प्रचुर मात्रामा भिटामिन के, पोटासियम र म्याग्नेसियमयुक्त काँक्राले शरीरलाई डिटोक्सिफाई गर्न मद्दत गर्छ र छालालाई स्वस्थ र सुन्दर राख्छ।
रोगहरूबाट बचाउन सक्छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस