कोरोना रोक्न नयाँ वर्षले ऊर्जा प्रदान गरोस् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ मा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन् ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भण्डारीले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस