निजी क्षेत्रका स्वास्थ्यकर्मीलाई माक्स र सेनिटाइजर

रोल्पा । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सुनीलस्मृति गाउँपालिका रोल्पाले निजी क्षेत्रका स्वास्थयकर्मीलाई माक्स र सेनिटाइजर हस्तारण गरेको छ । कोरोना भाइरस संक्रमित लगायत अन्यलाई उपचारमा सहजहो भनि स्वाथ्यकर्मीलाई माक्स र सेनिटाइजर हस्तारण गरेको गाउँपालिकाले  जानकारी दिए ।
विदेशबाट आएका सबैसँग सम्पर्क र अनुगमनगर्नु पर्ने भएकाले स्वास्थ्यकर्मीहरुलाई जोखिमहुन सक्ने हुँदा स्वास्थ्य सामाग्री उपलब्ध गराएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताएका छन् ।
गाउँपालिका अन्तर्गत रहेका ८ वटा निजी स्वास्थ्य क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई १ हजार ५० वटा  सर्जिकल माक्स र ३ थान सेनिटाईजर हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस