के घामबाट नष्ट हुन्छ कोरोना भाइरस ?

काठमाडौँ । घाममा कोरोना भाइरस धेरै बेर नटिक्ने अमेरिका सरकारको होमल्याण्ड सेक्युरिटी विभागले दाबी गरेको छ। याहू न्यूजले उक्त प्रयोगसँग सम्बन्धित केही विवरण प्राप्त गर्दै यसको खुलासा गरेको हो। यद्यपी यो प्रयोगको प्रारम्भिक नतिजा मात्र हो । यसको अन्तिम नतिजा आउन बाँकी रहेको समाचारमा जनाइएको छ। यसअघि पनि वैज्ञानिकहरुले अधिक तापक्रममा कोरोनाभाइरसको प्रभाव कम हुने बताउँदै आएका छन्। तर यसको आधिकारिक पुष्टि भने अहिलेसम्म हुन सकेको छैन्। अमेरिका सरकारको होमल्याण्ड सेक्युरिटी विभागको प्रयोगमा भने भाइरस अधिक तापमान वा अधिक आर्द्रतामा कोरोनाभाइरस धेरै समय नटिक्ने पाइएको हो। प्रयोगबाट प्राप्त विवरणमा भनिएको छ ‘दिनको उज्यालोमा बाहिरी वस्तुको सतहबाट कोरोना संक्रमणको खतरा कम पाइयो। घाममा कोरोना निकै छिटो मर्यो।

प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस