काठमाडौँ । रौतहटको कटहरियामा गएराति एक युवकको हत्या भएको छ । कटहरिया नगरपालिका १ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घरमा रहेका सञ्जीवलाई उनकै टोलका राधे दासले गएराति १० बजे बोलाएर लगेका थिए ।
घटनामा संलग्न भएको आरोपमा राधे दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धाान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका बताएको छ।