रोल्पा। कोभिड १९ को सन्दर्भमा रोल्पामा मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरीय समिति गठन गरिएको छ । गठित समितिको संयोजकमा गैर सरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष घनश्याम आचार्यलाई चयन गरिएको छ ।
समितिका अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने र नेपाल वार एशोसियसन जिल्ला वार इकाइ रोल्पाका अध्यक्ष टेकम प्रसाद घर्ती रहेका छन ।
मानव अधिकार अवस्था अनुगमन नेटवर्कको कार्यविधि अनुसार २ जना सदस्य समेत मनोनित भएका छन् । इन्सेक जिल्ला प्रतिनिधि हरिसरा घर्तीमगर र महिला मानव अधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्य मनोनीत भएका हुन ।
कोभिड १९ बाट उत्पन्न वर्तमान परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न उक्त समिति गठन गरिएको समितिको सदस्य महेश न्यौपानेले जानकारी दिए ।
राष्ट्रिय मानव अधिकार आयोग, नेपाल वार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघ बीच मानव अधिकार अवस्था अनुगमन नेटवर्क बनाइ मानव अधिकार अवस्था अनुगमन गर्न सहमती भए वमोजिम केन्द्र प्रदेश र जिल्लामा अनुगमन समिति बनाइएको न्यौपाने जानकारी दिए ।
रोल्पामा मानव अधिकारको अवस्था अनुगमन हुने
प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस