
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम र विदेशीलाई अमेरिका प्रवेश बन्द भएको छ ।
ट्रम्पले गत मंगलबार नै यदि आवश्यक परेमा यस्तो प्रतिबन्ध थप ३० दिनका लागि या त्योभन्दा पनि लामो समयसम्मका लागि बढाउन सकिने बताएका थिए ।
प्रकाशित मिति : २०७७ बैशाख ११ गते बिहिवार