काठमाडौँ आइपुगे कतारका राजा

काठमाडौं। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन्।

नेपालको दुईदिने भ्रमणका क्रममा उनी मंगलबार दिउँसो काठमाडौँ आएका हुन्।

थानी चढेको विमान ३ः४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस