११वैशाख, रोल्पा । नेकपा माओवादी केन्द्रले रोल्पाका सबै स्थानीय तहमा उम्मेदवार टुंगाएको छ ।

माओवादी केन्द्रले रोल्पा नगरपालिकाको मेयरमा सुरेन्द्र थापा घर्ती र उपमेयरमा गीता आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापा, लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा भरत थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लुङग्री गाउँपालिका उपाध्यक्षको भने टुंगो लागेको छैन।

सुनछहरीको अध्यक्षमा धनबहादुर पुन र उपाध्यक्षमा नैनकला घर्ती, थबाङको अध्यक्षमा ऋषिकेशव बुढामगर र उपाध्यक्ष सर्मिला बुढा, परिवर्तनको अध्यक्षमा शुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी खत्री, माडीको अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्ती तथा गंगादेवको अध्यक्षमा पुनः वीरबहादुर खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने उपाध्यक्ष कसलाई बनाउने टुंगो लगाएको छैन ।

यस्तै त्रिवेणीको अध्यक्षमा रेशम पुन र उपाध्यक्षमा भागीसरा खत्री तथा रुन्टीगढीको अध्यक्षमा गोविन्द पुन र उपाध्यक्षमा कौशिला जिसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।