रोल्पा नगरपालिकाको मेयरमा काँग्रेसले बनायो थापालाई उम्मेदवार

११वैशाख, रोल्पा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले रोल्पा नगरपालिकाको मेयरमा शेरबहादुर थापालाई उम्मेदवार बनाएको छ ।

पार्टीका जिल्ला सचिव समेत रहेका थापाले केही दिन अघिमात्र वडा सदस्यबाट राजीनामा दिएका थिए ।

रोल्पा नगरपालिकाको उममेयरमा भने अझै टुंग्यो लगाएको छैन । उममेयरका लागि काँग्रेस प्रदेश कमिटी बैठक बसीरहेको नेपाली काँग्रेसले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस