११ वैशाख, रोल्पा । स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय जनमोर्चा रोल्पाले पनि उम्मेदवार टुंगो लगाएको छ ।

राष्ट्रिय जनमोर्चाले आफ्नो संगठन भएका ६ स्थानीय तहमा उम्मेदवार उम्मेदवार टुंगो लगाएको हो ।

रोल्पाको रुन्टीगढी गाउँपालिकाको उपाध्यक्षमा कमारी बस्नेतले उम्मेदवार दिएकी छन् । भने अध्यक्षमा उम्मेदवार नै टुंग्याउन सकेको छैन ।

अध्यक्षमा उम्मेदवार टुंग्याउन नसकेको राजमोले कसलाई अध्यक्ष बनाउने भनि बैठक बसी रहेको राजमो रोल्पाका सल्लाहकार हस्तमणी पुनले बताएका छन् । आज राती उम्मेदवार टुंगो लगाएर भोलि उम्मेदवार दिने पुनले बताए । रुन्टीगढीको केहि वडामा समेत राजमोले उम्मेरदवार दिएको छ ।

त्यस्तै सुलिनस्मृति गाउँपालिकाको उपाध्यक्षमा गोमा मल्ललाई उम्मेदवारी बनाएको छ । अध्यक्षमा शुक्रराज थापाको नाम सिफारीस गरेको थियो तर थापाले अन्तिम समयमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् ।

थापाले उम्मेदवारी दिन अस्वीकार गरेसँगै अध्यक्ष कसलाई बनाउने भनि अहिले बैठक बसरी रहेको सल्लाहकार पुनले बताए ।

त्यस्तै परिवर्तन गाउँपालिकामा कृष्णबहादुर थापालाई अध्यक्षमा र तिर्सना गिरीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

थबाङ गाउँपालिकामा धनप्रसाद बुढालाई अध्यक्ष र मनकुमारी घर्तीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

त्रिवेणी गाउँपालिको अध्यक्षमा हरी विक र उपाध्यक्षमा दिलमाया खड्कालाई उम्मेदवारी बनाएको छ ।

लुंग्री गाउँपालिकाको अध्यक्षमा दीपक विष्टलाई अध्यक्षमा उम्मेदवार बनाएको छ भने शान्ति पुनलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ

जनमोर्चाले सत्ता गठबन्ध दलहरुसँग तालमेल गरी उम्मेदवार दिने तयारी गरेको थियो । अन्तिमा समयमा रोल्पा गठबन्ध नहुने भएपछि उसलाई उम्मेदवार छान्न सकस भएको हो ।