कोरोना रोकथामका लागि नेपालसहित विभिन्न देशमा लकडाउनको घोषणा गरिएको छ। लकडाउनमा घरमै बसेर कसरी समय विताउने भन्ने बारे धेरैलाई चिन्ता भइरहेको हुन सक्छ। लकडाउनमा स्वास्थ्य सँगसँगै सुन्दरतामा पनि ख्याल गर्नु उत्तिकै जरुरी छ। कपाललाई पनि सुन्दरताको प्रतिक मानिन्छ। कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन्। तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला।
त्यसैले सजिलै घरमा बनाउन सकिने हेयरप्याकको बारेका जानौंः
प्याजको रस ः प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याज र नरिवलको तेल ः
नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ । प्याज र मह कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।
कागती र प्याजः
कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ ।
प्याज र अण्डाको सेतो भाग ः अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ ।
घरमै बसेर लामो, मुलायम र चम्किलो कपाल बनाउन अप्नाउनुहोस् यी उपाय
प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस