१२वैशाख, रोल्पा । स्थानीय तह निर्वाचनको लागि नेकपा (एमाले) रुन्टीगढी गाउँपालिकामा उम्मेदवारी दर्ता गरेको छ । एमालेबाट रुन्टीगढी गाउँपालिका अध्यक्षमा यामबहादुर दशौदी र उपाध्यक्षमा हस्तमाली बाँठामगरले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले प्रदेश कमिटीले रुन्टीगढी गाउँपालिकामा हालका अध्यक्ष बालाराम बुढालाई टिकट दिएको थियो। तर उनले आफूलाई दिएको अध्यक्षको टिकट एमालेकै हालका वडाध्यक्ष यामबहादुर दशौदीलाई हस्तान्तरण गरेका छन्।
प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार


